- by समाचार कक्ष
- Mar 06, 2025
११ चैत, काठमाडौं। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। उनी हाल ७८ वर्षका छन्।
केसीले राष्ट्रपतिबाट शपथ लिएपछि चैत १२ गते विहीबार प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। सभामुख निर्वाचित नहुँदासम्म, केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता पनि गर्नेछन्।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन्।