- by समाचार कक्ष
- Mar 06, 2025
११ चैत, काठमाडौं। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले जनताबाट प्राप्त असीमित विश्वास र अपेक्षालाई संसद् र सरकारले सम्बोधन गर्न आवश्यक रहेको बताएका छन्।
केसीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपछि प्रतिक्रिया दिँदै उनले भने कि मुलुकको समग्र हितको लागि विपक्ष र सरकार दुवैको सहभागितामा गहन दायित्व पूरा गर्नु आवश्यक छ।
“हामी सबैको साझा चुनौती भनेको गरिबी, रोग, भोक र कुशासन हो। संसद्ले यसमा प्रभावकारी भूमिका खेल्नुपर्छ। विसं २०१५ पछि जनताबाट प्राप्त उत्साह र असीमित जनादेशको रक्षा गर्नु संसद् र सरकारको कर्तव्य हो,” केसीले भने।
उनले थपे, “म सभामुखको रूपमा निष्पक्ष र पारदर्शी ढंगले कार्यसम्पादन गर्नेछु। प्रत्येक निर्णय संविधान, संसदीय नियमावली र अभ्यासअनुसार हुनेछ। म हरेक सांसदको विशेषाधिकारको रक्षकका रूपमा काम गर्नेछु।”
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशनको तयारी भइरहेका बेला, केसीले ज्येष्ठ सदस्यको हैसियतबाट सभामुखको जिम्मेवारी सम्हालेका छन्।