Thursday, April 16, 2026

नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल, चाँदी पनि बढ्यो


काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य अचानक बढेको छ। केही दिनदेखि लगातार घट्दो क्रममा रहेको सुनको मूल्य बुधबार अचानक उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य बुधबार एकैदिन १४ हजार ६०० रुपैयाँ बढेर प्रति तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार यो मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ थियो।

त्यस्तै, प्रति १० ग्राम सुनको मूल्य मंगलबार २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेकोमा बुधबार बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदीको मूल्य मंगलबार प्रति तोलामा ४ हजार ५०५ रुपैयाँ रहेकोमा बुधबार ४ हजार ९२० रुपैयाँ पुगेको छ। प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like