Monday, June 1, 2026

ज्वरोका कारण प्रचण्ड गणतन्त्र दिवस समारोहमा अनुपस्थित


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुन सकेनन् ।

सैनिकमञ्च टुँडीखेलमा आयोजित विशेष कार्यक्रममा प्रचण्ड अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको थियो ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई हिजोदेखि नै असहज महसुस भइरहेको थियो । राति ज्वरो आएपछि चिकित्सकहरूले आराम गर्न सुझाव दिएका कारण उनी निवासमै आराम गरिरहेका छन् ।

‘स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरहरूले आराम गर्न सल्लाह दिनुभएको छ । त्यसैले उहाँ कुनै कार्यक्रममा सहभागी हुनुभएको छैन,’ आचार्यले बताएका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like