- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं। इलाम–२बाट प्रतिनिधिसभामा निर्वाचित सुहाङ नेम्बाङले मतदाताप्रति आभार व्यक्त गर्दै जनताले दिएको विश्वास ठूलो जिम्मेवारी भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित उनले इलामवासीले देखाएको माया, भरोसा र समर्थनलाई कहिल्यै निराश नपार्ने प्रतिबद्धता जनाएका छन्।
नेम्बाङले आफ्नो जित केवल व्यक्तिगत नभई सम्पूर्ण इलामेली जनताको साझा सफलता भएको उल्लेख गरेका छन्। उनले इलामको विकास, जनताको अपेक्षा र युवापुस्ताको परिवर्तनको चाहनालाई संसद्मा बुलन्द गर्ने प्रतिज्ञा गरेका छन्।
साथै, देशभर देखिएको जनमतलाई ध्यानमा राख्दै उनले पार्टीभित्र नीति, संगठन, संरचना र कार्यशैलीमा आवश्यक सुधार गर्दै आन्दोलनलाई नयाँ ढंगले पुनर्गठित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनले आफ्ना पिता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ सहित लोकतान्त्रिक आन्दोलनमा योगदान दिने शहीदहरूलाई सम्झँदै उनीहरूले देखाएको मार्गमा अघि बढ्ने संकल्प समेत व्यक्त गरेका छन्।