Friday, April 17, 2026

सडकबाट संसद्‌सम्म: ३९ हजार मतसहित आशिका तामाङको जित


२४ फागुन, काठमाडौं। धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आशिका तामाङ संघीय संसद्‌मा निर्वाचित भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै प्रभावशाली जित हासिल गरेकी हुन्।

सामाजिक अभियन्ताका रूपमा चिनिएकी तामाङले सडक आन्दोलन, उपभोक्ता अधिकार र सार्वजनिक सेवामा हुने अव्यवस्थाविरुद्ध आवाज उठाउँदै आएकी थिइन्। २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट रास्वपाले पाएको मतभन्दा यसपटक उनले तीन गुणाभन्दा बढी मत वृद्धि गर्दै उल्लेखनीय सफलता प्राप्त गरेकी छन्।

कलाकारिताबाट सार्वजनिक जीवन सुरु गरेकी तामाङ अहिले सामाजिक अभियानमार्फत स्थापित हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्। सडकमा उठाइएका नागरिकका मुद्दा अब संसद्‌सम्म पुर्‍याउने प्रतिबद्धतासहित उनी संघीय संसद्‌मा प्रवेश गर्दैछिन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like