- by समाचार कक्ष
- Mar 06, 2025
धनगढी। कैलालीको धनगढीमा श्रीमतीको हत्या गरेर एक पुरुष फरार भएका छन्। **धनगढी उपमहानगरपालिका–७ देवहरियाका ३६ वर्षीय डम्मराज जोशीले आफ्नी ३० वर्षीया श्रीमती सरस्वती अवस्थी जोशीको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति करिब १२ः४५ बजे जोशीले धारिलो हतियार प्रयोग गरी श्रीमतीको टाउकोमा प्रहार गरेर हत्या गरेका थिए। घटना लगत्तै उनी फरार भएका छन्।
प्रहरीका अनुसार जोशी पूर्व शिक्षकसमेत रहेका छन्। मृतक सरस्वतीको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
घटनापछि फरार रहेका जोशीको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ।