Monday, March 2, 2026

जेनजी आन्दोलनपछि एमाले बलियो, कांग्रेस र माओवादी कमजोर भएको राईको दाबी


भोजपुर । नेकपा एमालेका सचिव शेरधन राईले विदेशी, विशेष गरी पश्चिमी शक्तिहरूले नेपालका केही राजनीतिक दललाई नियन्त्रणमा राखेर आफ्नो प्रभाव कायम गर्न खोजेको दाबी गरेका छन्। भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार राईले मतदातासँगको भेटघाटमा देशमा षड्यन्त्रको सामना गर्न सचेत रहनुपर्ने बताए।

उनले भने, “भदौ २३–२४ पछि निर्माण गरिएका दलहरू हाम्रो स्रोत, साधन र जनता नियन्त्रणमा लिन बनाइएका हुन्। हाम्रो हिमाल, पहाड, तराई, जातजाति, भाषा, धर्म र संस्कृति सबै तहसनहस पार्ने नियतले यी दलहरू चुनावमा अघि आएका छन्। जसको आधार छैन, जरा छैन, समाउने हाँगा छैन, टेक्ने ठाउँ छैन।”

राईले जेनजी आन्दोलनपछि कांग्रेस उठ्न नसकेको, माओवादी र नेकपा एस कमजोर भएको उल्लेख गर्दै एमालेमात्रै सग्लो पार्टी भएको बताए। उनले भने, “भदौ २३–२४ का घटनापछि हाम्रो पार्टी जुरुक्क उठेर जनतासामु संघर्षमा आएको हो। कांग्रेस न उभियो न बोले, विदेशीको प्रभावले फुटिसकेको छ। प्रचण्डको माओवादी र माधव नेपालहरूको पार्टी अस्तित्वहीन छ। ८–१० जना मिलेर एउटा सानो पार्टी बनाएर अहिले ‘तारो’ लिएर चुनावमा उत्रेका छन्।”

राईको भनाइमा, एमालेमात्रै जेनजी आन्दोलनपश्चात लोकतन्त्र र संविधानको रक्षा गर्न सक्षम पार्टी भएको दृष्टान्त प्रस्तुत गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like