Friday, April 17, 2026

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा


गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेका छन् । प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले दिएको जानकारी अनुसार शनिबार साँझ चन्द्रकोटबाट शान्तिपुरतर्फ जाँदै गरेको लु १ ज १८३४ नम्बरको सफारी जिपले रिपाहा क्षेत्रमा बाटो काट्दै गरेका थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी थापालाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो । त्यसपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, पाल्पा पठाइएकोमा उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले जिपका चालक जीवन फौदारलाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like