Monday, June 1, 2026

इरानसँग सम्झौता भए पनि हिजबुल्लाहविरुद्ध युद्ध नरोकिने : नेतान्याहु


२८ वैशाख, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा सक्रिय शिया मिलिसिया हिजबुल्लाहविरुद्धको सैन्य अभियान रोक्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

सीबीएस न्युजसँगको अन्तर्वार्तामा उनले अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि हुने सम्भावित सम्झौताले पनि हिजबुल्लाहविरुद्धको कारबाहीमा असर नपर्ने स्पष्ट पारे ।

इरानसँग शान्ति सम्झौता भएमा हिजबुल्लाहसँगको द्वन्द्व अन्त्य हुन्छ कि भन्ने प्रश्नमा नेतान्याहुले स्पष्ट रूपमा “हुँदैन” भन्ने जवाफ दिएका थिए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यस्तो प्रस्ताव राखे इजरायलले के निर्णय गर्छ भन्ने विषयमा भने उनले प्रतिक्रिया दिन चाहेनन् ।

नेतान्याहुले क्षेत्रीय अस्थिरताको मुख्य जरो इरान रहेको दाबी गर्दै इरान कमजोर बनेमा वा त्यहाँको शासन व्यवस्थामा परिवर्तन आएमा हिजबुल्लाह, हमास तथा यमनका हुथी विद्रोहीहरूको सञ्जाल स्वतः कमजोर हुने बताएका छन् ।

उनको पछिल्लो अभिव्यक्तिले लेबनान सीमामा जारी तनाव तत्काल कम हुने सम्भावना न्यून रहेको संकेत दिएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like