Monday, March 2, 2026

हुम्लामा १७ वर्षीया किशोरी झुन्डिएको अवस्थामा मृत फेला, प्रहरीले सुरु गर्‍यो अनुसन्धान


हुम्ला, ११ फागुन - सिमकोट गाउँपालिका-७ डाडाँफायाँमा एक १७ वर्षीया किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आइतबार राति करिब ११ बजे निशा सुनार आफ्नै घरभित्र झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वमा टोली तुरुन्तै घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रहरीले घटनाको प्रकृति र कारणबारे विस्तृत छानबिन अघि बढाएको जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like