Monday, June 1, 2026

गणतन्त्र दिवसमै माइतीघरमा राजतन्त्र समर्थक प्रदर्शन, ‘राजा ल्याऔँ देश बचाऔँ’ नारा


काठमाडौं । गणतन्त्र दिवसका अवसरमा राजधानीको माइतीघर मण्डलामा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरिएको छ । शाही युवा शक्ति नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा गणतन्त्रविरुद्धका नारा लगाइएको थियो ।

प्रदर्शनकारीहरूले ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’ लगायतका नारासहित विरोध जनाएका थिए ।

गणतन्त्र दिवसकै दिन गरिएको उक्त प्रदर्शनले माइतीघर क्षेत्रमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना गरेको थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like