Monday, June 1, 2026

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरियो औपचारिक अनुरोध


काठमाडौं । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन्। यस विषयमा प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई औपचारिक पत्राचार गर्दै समारोहमा राष्ट्रपतिबाट मात्रै सम्बोधन गरिनुपर्ने प्रस्ताव अघि सारेको छ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकबाटै राष्ट्रपतिलाई यस सम्बन्धमा अनुरोध गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार मुख्यसचिव सुमनराज अर्यालले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पत्र बुझाएका हुन्।

प्रधानमन्त्री कार्यालयले अनौपचारिक रूपमा समेत राष्ट्रपतिसँग संवाद गरिरहेको बताइएको छ। गणतन्त्रको प्रमुख प्रतीक राष्ट्रपतिनै भएकाले गणतन्त्र दिवसको औपचारिक समारोहमा राष्ट्रपतिले मात्रै सम्बोधन गर्नु उपयुक्त हुने तर्क प्रधानमन्त्री कार्यालयको रहेको स्रोतले जनाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि बालेन्द्र शाहले गणतन्त्र दिवसको विशेष समारोहमा सहभागिता जनाउने परम्पराबाट आफूलाई अलग राख्दै आएका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like