Friday, April 17, 2026

उच्च पदस्थको सम्पत्ति छानबिनमा राप्रपाको स्वागत-‘पूर्वाग्रहबिना सुशासनको सुरुवात होस्’


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णयलाई स्वागतयोग्य कदम बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले २०४६ सालपछिका उच्च पदस्थहरूको सम्पत्ति छानबिनको विषय राप्रपाले लामो समयदेखि उठाउँदै आएको उल्लेख गरे । उनका अनुसार यो मुद्दा पार्टीले सडकदेखि सदनसम्म निरन्तर उठाएको, विभिन्न दस्तावेजहरूमा समेटिएको तथा विगतका सरकारहरूको ध्यानाकर्षण गराउँदै आएको विषय हो ।

श्रेष्ठले उक्त एजेन्डालाई चुनावी घोषणापत्रमा समेत प्राथमिकताका साथ समावेश गरिएको स्मरण गराउँदै सरकारले शासकीय सुधारअन्तर्गत सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा यसलाई समावेश गर्नु सकारात्मक कदम भएको बताएका छन् ।

उनले कुनै पनि प्रकारको पूर्वाग्रह वा प्रतिशोधबिना छानबिन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्दै यसले देशमा सुशासनको अनुभूति दिलाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like