- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम रहेको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४९ हजार १४० रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले वृद्धि भएर ५ हजार ४० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३२० रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।