Thursday, April 16, 2026

एसईईको पहिलो दिनमै सुरु भयो उत्तरपुस्तिका परीक्षण, तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी


काठमाडौं, १९ चैत - माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण बिहीबारदेखि सुरु भएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, पहिलो दिनको अंग्रेजी विषयको परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ र त्यसपछि उत्तरपुस्तिका परीक्षण थालिएको हो।

नियन्त्रक अधिकारीले भने, “पहिलो दिनको परीक्षा सकिएपछि धेरै स्थानमा उत्तरपुस्तिका परीक्षण सुरु भएको रिपोर्ट आएको छ। परीक्षणको काम परीक्षा सम्पन्न भएपछि तीन दिनभित्र सकिने योजना छ।”

परीक्षण केन्द्राध्यक्षको नेतृत्वमा सञ्चालन हुने छ भने, प्रत्येक विद्यालयका शिक्षकहरूले आफ्नै विद्यालयका विद्यार्थीहरूको उत्तरपुस्तिका परीक्षण गर्न पाउने छैनन्। यसका लागि शिक्षकहरूलाई अन्य विद्यालयका विद्यार्थीहरूको उत्तरपुस्तिका परीक्षण गर्ने गरी रोस्टर बनाइएको छ।

परीक्षणको काम सकेर एक मिहिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईईमा फारम भरेका छन्। परीक्षा २९ चैतसम्म सञ्चालन हुनेछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like