Thursday, April 16, 2026

नक्कली लेटरप्याड प्रकरण: कांग्रेसले पूर्णबहादुर खड्कालाई चेतावनी


काठमाडौं - नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको बैठकले खड्काले आफूलाई नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको ठहर गर्दै यस्तो निर्णय गरेको हो।

समिति सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा, खड्काले मिति २०८२ चैत १४ गते पार्टीको नाममा अनधिकृत रूपमा वक्तव्य जारी गरेको कार्यलाई गलत ठहर गरिएको उल्लेख छ।

खड्काले कार्यवाहक सभापतिको पद प्रयोग गर्दै नेता रमेश लेखकको पक्राउको विरोधमा पार्टी लेटरप्याडमा विज्ञप्ति सार्वजनिक गरेका थिए।

समितिले भविष्यमा यस्ता गतिविधि दोहोरिएमा पार्टी विधान र प्रचलित कानुनअनुसार कडा कारबाही अगाडि बढाइने चेतावनी पनि दिएको छ।

उक्त अनुशासन समिति केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा बसेको थियो, जसमा सदस्यहरू धना खतिवडासुवास पोखरेल सहभागी रहेका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like