- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो।
शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सुनको मूल्यमा एकैदिन भएको यो उल्लेखनीय वृद्धिले बजारमा नयाँ रेकर्ड कायम गरेको छ भने लगानीकर्ता तथा उपभोक्ताको ध्यान समेत आकर्षित गरेको छ।