Monday, June 1, 2026

एक सातामै चाँदीमा भारी उछाल, सुनको मूल्य पनि नयाँ उकालोमा


काठमाडौं । पछिल्लो एक सातामा चाँदीको मूल्य उल्लेखनीय रूपमा बढ्दै प्रतितोला ५ हजार ७४५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ सात दिनमै ११.४४ प्रतिशतले वृद्धि भएको हो ।

गत बिहीबार प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य निरन्तर उकालो लाग्दै बिहीबार नयाँ स्तरमा पुगेको हो । अघिल्लो दिनको तुलनामा मात्रै चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा औद्योगिक प्रयोजनका लागि चाँदीको माग बढ्न थालेपछि यसको मूल्यमा प्रत्यक्ष प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यता सुनको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत साताको तुलनामा सुनको मूल्य १.३ प्रतिशतले वृद्धि भएको महासंघले जनाएको छ । गत बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like