- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ - चैत महिना सकिन लाग्दासमेत हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिमपात रोकिएको छैन। शनिबारदेखि निरन्तर परेको हिमपातका कारण मुस्ताङको लोमान्थाङ क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
त्यसैगरी, आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङको माथिल्लो भेगमा रहेका याकचौरीसमेत प्रभावित भएका छन्। सामान्यतया यो समयमा लेकका खर्कतर्फ लैजानुपर्ने चौरीहरू हिमपातका कारण गाउँ आसपासमै रोकिएका छन्।
निरन्तरको हिमपातले मनाङको ङिस्याङ गाउँपालिकाभित्रका चौरीगोठहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्, जसले स्थानीय जनजीवन र पशुपालनमा थप चुनौती सिर्जना गरेको छ।