Thursday, April 16, 2026

चैत १२ नजिकिँदै: जमलमा सुरु भयो सेतो मच्छिन्द्रनाथको रथ निर्माण


काठमाडौं-सेतो मच्छिन्द्रनाथको वार्षिक रथयात्रालाई लक्षित गर्दै काठमाडौंको जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य सुरु गरिएको छ। सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिका अनुसार वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको रथयात्राका लागि परम्पराअनुसार रथ बनाउने काम अघि बढाइएको हो।

काठमाडौं उपत्यकामा ज्येष्ठ नागरिकलाई दर्शन गराउने उद्देश्यले रथलाई नगर परिक्रमा गराउने प्रचलन रहँदै आएको छ। यस वर्ष चैत १२ गते रथयात्रा पर्ने भएकाले तृतीयादेखि नै रथ निर्माण कार्य सुरु गरिएको हो। रथलाई बेतले बाँध्ने गरिन्छ, जसलाई नेवारी भाषामा ‘पाउ’ भनिन्छ।

करुणामय तथा आर्याअवलोकितेश्वरका नामले समेत परिचित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालबाट खटमा राखी तीनधारामा तयार गरिएको रथमा प्रतिस्थापन गरेपछि नगर परिक्रमा गराइन्छ। रथयात्राको अन्तिम दिन लगनटोलमा अवस्थित मच्छिन्द्रनाथकी आमाको मन्दिर वरिपरि तीन पटक परिक्रमा गराएपछि जात्रा सम्पन्न हुने परम्परा छ।

किंवदन्तीअनुसार प्राचीन समयमा जमल क्षेत्रमा एक किसानले खेत खन्दा उक्त मूर्ति फेला पारेका थिए। घरमा ल्याएर धानको भकारीमा राख्दा धान कहिल्यै नसकिने चमत्कार देखिएपछि मूर्तिलाई अन्नदाता मानेर जनबहालमा स्थापना गरिएको विश्वास छ।

सोही परम्पराअनुसार आज पनि मूर्ति भेटिएकै स्थान जमलमा रथ निर्माण गर्ने चलन कायम छ। काठमाडौं उपत्यकामा सेतो र रातो गरी चार स्थानमा मच्छिन्द्रनाथको पूजा गरिन्छ-जमल, बनेपा, नाला र ललितपुरका बुङमती तथा चोभारमा।

धार्मिक सहिष्णुताको प्रतीकका रूपमा मानिने सेतो मच्छिन्द्रनाथलाई शैव, शाक्त तथा बौद्ध परम्परामा फरक–फरक रूपमा पूज्ने गरिन्छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like