Monday, March 2, 2026

बनेपामा टिपर–स्कुटर ठक्कर: एकको ज्यान गयो, आक्रोशित स्थानीयद्वारा टिपरमा आगजनी


६ फागुन, काभ्रे - अरनिको राजमार्ग अन्तर्गत बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ भने एक जना अन्य व्यक्ति घाइते भएका छन्।

घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले दुर्घटनामा संलग्न टिपरमा आगजनी गरेका छन्। प्रदर्शन उग्र बन्दै जाँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ।

हाल प्रदर्शनकारीहरूले अरनिको राजमार्ग अवरुद्ध पार्दै विरोध जारी राखेका छन्, जसका कारण यातायात आवागमन प्रभावित भएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like