Monday, March 2, 2026

रास्वपा मधेशमा ठूलो झट्का: संस्थापक सभापति ममता शर्माको राजीनामा, आर्थिक अनियमितताको गम्भीर आरोप


काठमाडौं, ६ फागुन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट औपचारिक रूपमा अलग हुने घोषणा गरेकी छन्।

हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यको जिम्मेवारी सम्हालिरहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएकी हुन्।

जारी विज्ञप्तिमा उनले पार्टीभित्र इमानदार र प्रतिबद्ध व्यक्तिहरूको उचित मूल्यांकन नभएको आरोप लगाएकी छन्। साथै, आर्थिक अनियमितताले पार्टीका निर्णयहरू प्रभावित भएको दाबी गर्दै उनले त्यस्तो वातावरणमा आफू बसिरहन नसक्ने स्पष्ट पारेकी छन्।

उनले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यहरूमा आघात पुग्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै अब मौन बस्न नसक्ने बताएकी छन्। सोही कारण आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यतासमेत त्याग गरेको उनले जनाएकी छन्।

यसअघि पनि टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेताहरूले पार्टी परित्याग गरिसकेका थिए।

रास्वपाभित्रको पछिल्लो घटनाक्रमले पार्टीको आन्तरिक अवस्था र नेतृत्वप्रति थप प्रश्न उठाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like