Monday, June 1, 2026

‘बालेनलाई सदनमा बोलाऊ’ माग गर्दै हर्क साम्पाङद्वारा संसद बहिस्कार


काठमाडौं, १३ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै साम्पाङले बुधबारको संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठक बहिस्कार गर्दै उनले आफ्नो मागप्रति सभामुख गम्भीर नभएको आरोपसमेत लगाए । साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर जवाफदेही बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

उनको बहिस्कारपछि संसद बैठकमा केही समय राजनीतिक चर्चा समेत भएको थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like