Monday, June 1, 2026

बाजुरा–हुम्ला सीमा विवाद समाधानका लागि सरकार सक्रिय, अध्ययन समिति गठन


काठमाडौं । बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको प्राविधिक अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा गठित समितिले विवादसँग सम्बन्धित विषय अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधिहरू सदस्य रहनेछन् । नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

सरकारले सीमा विवाद समाधानका लागि प्राविधिक अध्ययनलाई प्राथमिकता दिएको बताएको छ । समितिले स्थलगत अध्ययन, नक्सा विश्लेषण र सम्बन्धित अभिलेखको अध्ययनपछि प्रतिवेदन बुझाउनेछ ।

बैठकमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, नापी विभागका पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like