- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । ललितपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले भोलढोका क्षेत्रबाट ट्रामाडोल ट्याब्लेट र गाँजासहित एक युवक र एक युवतीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका २५ वर्षीय विजय स्याङ्बो र मोरङ मिक्लाजुङ गाउँपालिका–९ घर भई ललितपुर गुईटोल बस्दै आएकी २० वर्षीया नीता शिवा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३८२ ट्याब्लेट ट्रामाडोल र २७ ग्राम गाँजा बरामद गरिएको छ । उनीहरूलाई ललितपुर–८ स्थित भोलढोका क्षेत्रबाट पक्राउ गरिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।