Sunday, May 31, 2026

भावुक भिडियोपछि सम्पर्कविहीन बनेकी शोभा पाठक वनस्थलीबाट उद्धार


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा भावुक भिडियो सार्वजनिक गरेपछि सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई आइतबार बिहान बालाजुस्थित वनस्थली क्षेत्रबाट फेला पारिएको हो। उद्धारपछि उनलाई आवश्यक मनोपरामर्श (काउन्सिलिङ) का लागि मनमोहन अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका एसपी पवन भट्टराईका अनुसार पाठकलाई बिहान करिब सवा ९ बजे उद्धार गरिएको हो। घटनाबारे थप बुझ्न तथा आवश्यक सहयोग उपलब्ध गराउन उनका परिवारका सदस्यलाई समेत सम्पर्कमा बोलाइएको छ।

शनिबार राति पाठकले फेसबुकमा भावुक गीतको पृष्ठभूमिमा आफ्नो भिडियो पोस्ट गरेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएपछि उनी सम्पर्कविहीन बनेको जानकारी प्राप्त भएको थियो।

पाठकले यसअघि नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सार्वजनिक रूपमा उठाउँदै आएकी थिइन्।

प्रहरीले उनले उक्त भावुक भिडियो किन पोस्ट गरिन् भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ। एसपी भट्टराईले घटनाका सबै पक्षबारे जानकारी संकलन भइरहेको बताए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like