- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत भन्सार प्रणालीमा व्यापक सुधार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले हाल कायम रहेको ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको जानकारी दिएका हुन् ।
शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कर प्रणालीलाई सरल, व्यवस्थित र व्यवसायमैत्री बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको बताए ।
उनले सरकारले करलाई दण्डको माध्यम नभई विकासको साझेदारका रूपमा अघि बढाउने नीति लिएको उल्लेख गरे । साथै, विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको घोषणा पनि गरे ।
अर्थमन्त्री वाग्लेले मुलुक अहिले बृहत् आर्थिक सुधारको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै विद्यमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने लक्ष्यसहित बजेट ल्याइएको बताए ।