- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ११ माघ - नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी सदस्यहरूलाई सक्रिय रूपमा परिचालित हुन आग्रह गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित पठाइएको पत्रमार्फत एमालेले बहुमत सिट हासिल गर्न सबै सदस्यलाई एकताबद्ध भएर काम गर्न अपिल गरेको हो।
पत्रमा देश निर्माणका लागि पार्टीलाई स्पष्ट बहुमत आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारहरूको जित सुनिश्चित गर्न उच्च मनोबल र सक्रिय सहयोग अपेक्षा गरिएको छ। अध्यक्ष ओलीले पार्टीका सबै कमरेडहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
पार्टी स्रोतका अनुसार यस्तो अपिलपत्र एमालेका करिब ६ लाख ६३ हजार सदस्यलाई पठाइएको छ। प्रचार विभाग संयोजक मीनबहादुर शाहीले यो अपिल पार्टी सदस्यहरूमा मात्र सीमित नरही आम मतदातालाई समेत सन्देश दिन लक्षित रहेको बताएका छन्।