- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढ्दै तीन लाख नाघेको छ भने चाँदी पनि १५५ रुपैयाँले महँगिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार २२० रुपैयाँ पुगेको छ।
यसअघि मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य उकालो लागेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ८२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रति औँस ८० डलर पुगेको छ।