Monday, March 2, 2026

आचारसंहिता कारण कांग्रेसको जनकपुरधाम चुनावी सभा स्थगित


जनकपुरधाम, ११ माघ - नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ।

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न कार्यक्रम स्थगित गर्ने निर्णय लिइएको हो।

उनले परिस्थितिअनुसार आगामी दिनमा कार्यक्रमको नयाँ मिति र कार्यतालिका सार्वजनिक गरिने जानकारी दिए। साथै, नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै निर्वाचन आयोगको निर्णयको सम्मान गरेको पनि स्पष्ट पारेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like