मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट फर्काइने

स
समाचार कक्ष
२०२५ जुलाई १७
4
0
ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट फर्काइने
सारांश
रसुवा – गत असार २४ गते आएको ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगाएपछि केरुङमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्र...

रसुवा – गत असार २४ गते आएको ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगाएपछि केरुङमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार चीनको केरुङमा फसेका करीब १,२०० नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काउन वैकल्पिक मार्ग प्रयोग गर्ने तयारी भइरहेको छ। यसका लागि परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमा चिनियाँ सरकारसँग सहकार्यको अनुरोध गरिएको जनाइएको छ।

चिनियाँ पक्षले त्यहाँ रहेका नेपालीहरूका लागि खानपान र बसोबासको प्रबन्ध मिलाएको छ। फसेकाहरूमा मालवाहक सवारीका चालक र सहचालक गरी ९१ जना रहेका छन् भने विभिन्न कामका सिलसिलामा केरुङ पुगेका ११७ जना नेपालीले समेत स्वदेश फर्काउन अनुरोध गरेका छन्।

सरकारी संयन्त्रले शीघ्र समन्वय गरी नागरिकलाई सुरक्षित रूपमा फर्काउने तयारी गरिरहेको जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार