मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
मनोरञ्जन

२४ घण्टा मै २२ लाखभन्दा बढीले हेरे दुर्गेशको नयाँ गीत

स
समाचार कक्ष
२०२५ जुलाई ११
7
0
२४ घण्टा मै २२ लाखभन्दा बढीले हेरे दुर्गेशको नयाँ गीत
सारांश
बुधबार आफ्नो निजी युट्युब च्यानलमार्फत ‘जाने भए जाम माया’ बोलको गीत सार्वजनिक गरेका गायक तथा मोडल दुर्गेश थापाले २४ घण्टामै धमाका मच्चाएका छन् । ...

बुधबार आफ्नो निजी युट्युब च्यानलमार्फत ‘जाने भए जाम माया’ बोलको गीत सार्वजनिक गरेका गायक तथा मोडल दुर्गेश थापाले २४ घण्टामै धमाका मच्चाएका छन् । उनको गीतले बिहीबार राति ९ बजे यो समाचार तयार पर्दासम्म २२ लाख भन्दा धेरै दर्शक पाइसकेको छ ।

दुर्गेशले यो पटक भ्लगर सिसन बानियासँग समेत सहकार्य गरेका छन् । गीतमा दुर्गेशसहित सिसन र अल्हाजी गेरो (विदेशी नागरिक)को आवाज रहेको छ । गीत दुर्गेशले नै लेखका हुन् भने म्युजिक भिडियोमा दुर्गेश, सिसन र गेरोसहित गुराँस नानीको अभिनय रहेको छ ।

गीतले अहिले युट्युबको नम्बर १ ट्रेन्डिङ कब्जा गरिसकेको छ भने विदेशका कतिपय देशमा समेत ट्रेन्डिङमा रहेको बताएको छ । नेपालमा छोटो समयमै यति धेरै भ्युज हुने गीतको रेकर्ड पनि दुर्गेशकै गीतले बनाएको बताइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार