- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ९ असार । नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्था र पछिल्ला घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गरिरहेका छन्।
बैठक स्रोतका अनुसार अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा पछिल्ला विकसित घटनाबारे धारणा राखिरहेका छन्।
एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेपछि पार्टीले संसदीय दलको बैठक बोलाएको हो। पौडेल पक्राउ परेपछि विकसित परिस्थितिबारे छलफल गर्न बैठक आयोजना गरिएको जनाइएको छ।
यसैबीच, एमालेले आजै सचिवालय बैठक पनि बोलाएको छ। पार्टीले पछिल्लो घटनाक्रमबारे थप रणनीति तय गर्न उच्चस्तरीय छलफल गर्ने तयारी गरेको बताइएको छ।