दरबारमार्गबाट ‘पटके गुण्डा’ सानुभाइ पक्राउ: धम्की र आक्रमणमा संलग्नता आरोप”
-
By
समाचार कक्ष
-
Apr Sun, 2026
-
in
समाचार
काठमाडौंको दरबारमार्ग क्षेत्रबाट प्रहरीले ‘सानुभाइ’ नामले चिनिने युवराज गुरुङलाई गए राति नियन्त्रणमा लिएको छ। विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुरुङले रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यक्तिहरूलाई धम्क्याएर आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको पाइएको छ। उनी नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी निकट समूहसँग सम्बन्धित रहेको बताइएको छ।
नुवाकोटको ककनी गाउँपालिका–५ का २६ वर्षीय गुरुङ यसअघि पनि हुलहुज्जत तथा आक्रमणजस्ता घटनामा पटक–पटक पक्राउ पर्दै आएका व्यक्ति हुन्। पछिल्लोपटक उनी ठमेलबाट क्लब व्यवसायीमाथि आक्रमण गरेको आरोपमा समातिएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सार्वजनिक शान्ति भंग गरेको अभियोगमा गुरुङविरुद्ध म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ।