- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, १२ भदौ — काठमाडौं उपत्यकाका दुई स्थानमा एकैदिन दुईवटा छुट्टाछुट्टै चोरीका घटनामा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल हराएको छ।
तारकेश्वर नगरपालिका–१० स्थित डेरामा बस्दै आएका उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठामा बुधबार राति चोरी भएको हो। प्रहरीले दिएको जानकारीअनुसार कोठाबाट सुनका विभिन्न गरगहना र नगद १ लाख ७० हजार रुपैयाँ गरी कुल ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो।
त्यसैदिन ललितपुर महानगरपालिका–२५ खोकनास्थित मोहन कृष्ण महर्जनको पसलबाट दिउँसो करिब २ लाख रुपैयाँ नगद चोरी भएको प्रहरीको भनाइ छ।
दुवै घटनाको सम्बन्धमा प्रहरी अनुसन्धान जारी रहेको जनाइएको छ।