- by समाचार कक्ष
- Mar 06, 2025
१४ माघ, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज शीतलनिवासमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की बिहान करिब साढे १० बजे राष्ट्रपति निवास पुगेकी थिइन्। दुई नेताबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार भेटका क्रममा समसामयिक विषयमा छलफल भएको हो। स्रोतका अनुसार भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी निर्वाचनसँग सम्बन्धित विषय केन्द्रमा रहेको थियो।