Monday, March 2, 2026

श्रीमती हत्या गरेको आरोपमा श्रीमान् प्रहरीमा आत्मसमर्पण


काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी २३ वर्षीया श्रीमती कोपिला पाख्रिनको हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, विनादे पाख्रिनले टिकाभैरव प्रहरी चौकीमा गएर घटना स्वीकार गरेका थिए। प्रारम्भिक अनुसन्धानमा, दुवै जनाले मदिरा सेवन गरेको र त्यसपछि विवाद उत्पन्न भएपछि श्रीमतीलाई चिर्पटले हानी हत्या गरेको पाइएको छ। शव घरमा खाटमा सुताइएको अवस्थामा फेला परेको थियो।

घटना शुक्रबार बिहान भएको र हत्यापछि श्रीमान् आफैं प्रहरीमा पुगेको प्रहरीले जनाएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like