Thursday, April 16, 2026

सिरहामा एसईई परीक्षामा नयाँ चिटिङको तरीका फेला: मोबाइलबाट प्रश्न र उत्तर बाहिर पठाइयो


सिराहा - एसईई परीक्षामा शिक्षक र अभिभावकहरूले नयाँ चिटिङको तरीका अपनाएको पाइएको छ। परीक्षा हलमा विद्यार्थी र परीक्षामा खटिएका गार्डहरूले मोबाइलमार्फत प्रश्नपत्रको फोटो खिचेर बाहिर रहेका शिक्षक वा अभिभावकलाई पठाउने तरिका प्रयोग गरेको खुलासा भएको छ।

पाठ्यक्रम र उत्तर तयारीको काम परीक्षा केन्द्र बाहिरबाट भई, तयार उत्तर भाइबर वा म्यासेन्जरमार्फत पुनः परीक्षा हलमा पठाइन्छ, जसबाट विद्यार्थीले परीक्षा हलमै जवाफ लेख्ने गरिएको पाइएको छ।

सिरहाका गोलबजा, मिर्चैया, लहान, जमदह, चोहर्वा, सदरमुकाम फुलबरिया लगायतका विभिन्न केन्द्रमा भाइबर र म्यासेन्जर प्रयोग गरेर प्रश्न आउट र उत्तर पठाउने प्रचलन देखिएको छ।

यस वर्ष सिरहामा ५१ परीक्षा केन्द्रमा कुल ११ हजार ३७ विद्यार्थी सहभागी भएका छन्। यसमा साधारणतर्फ १० हजार ६२५ र प्राविधिकतर्फ ४१२ जना रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like