- by समाचार कक्ष
- Mar 06, 2025
२७ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ परेको चट्याङका कारण एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार दुधौली नगरपालिका–४ पाखाभित्ताका ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर ज्यान गएको हो ।
मकैबारीमा घाँस काट्न गएका बुढाथोकी अचानक बोल्न नसक्ने अवस्थामा ढलेका थिए । स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरेको थियो ।
घाइते अवस्थामै उपचारका लागि नगर अस्पताल सिर्थौली पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।