Monday, June 1, 2026

इरान युद्धले रुसलाई पनि तनावमा पार्‍यो, पुटिनको चेतावनी– सबै पक्षलाई नोक्सानी हुन सक्छ


२७ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग सम्बन्धित जारी द्वन्द्व चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन् । उनले युद्ध लम्बिँदै गए सबै पक्षलाई ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

बीबीसीका अनुसार शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले इरान र फारसको खाडी क्षेत्रका देशहरूसँग रुसको मैत्रीपूर्ण सम्बन्ध रहेकाले अहिलेको अवस्था आफूहरूका लागि अप्ठ्यारो बनेको बताएका हुन् ।

इरान र अमेरिकाबीच भइरहेको वार्तालाई उल्लेख गर्दै उनले कुनै पनि पक्षले द्वन्द्व लम्ब्याउन नचाहेको धारणा राखे ।

हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

रुसले यसअघि पनि सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गर्दै आएको छ । साथै, रुसले इरान र अमेरिकाबीच मध्यस्थताको भूमिका खेल्न तयार रहेको संकेतसमेत दिएको छ ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like