Thursday, April 16, 2026

सुनमा ऐतिहासिक उछाल: एकै दिन तोलामा ७,२०० रुपैयाँ वृद्धि, मूल्य ३ लाख नजिक


काठमाडौं - अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै बुधबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले उकालो लाग्दै २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो दिन २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनमा एकै दिन ठूलो वृद्धि देखिएको हो।

विशेषगरी अमेरिका, इजरायलइरान बीचको तनाव अन्त्यका प्रयासले कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएको बताइएको छ, जसको असर नेपाली बजारमा पनि परेको हो।

यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला २०५ रुपैयाँले बढ्दै ५ हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अघिल्लो दिन ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा पनि निरन्तर उकालो देखिएको छ, जसले बजारमा बहुमूल्य धातुको माग र अस्थिरता दुवै संकेत गरेको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like