- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, २३ वैशाख । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढी हो। मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने गत साताको बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
यससँगै चाँदीको भाउ पनि उकालो लागेको छ। बुधबार चाँदी प्रतितोला १७५ रुपैयाँले बढ्दै ५ हजार ५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो भने एक साताअघि ४ हजार ९१५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।