Monday, June 1, 2026

मुक्तिनाथ दर्शनपछि फर्कँदै गर्दा ८५ वर्षीय तीर्थयात्रीको ज्यान गयो, लेक लाग्ने जोखिम बढ्दो


पोखरा । मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किने क्रममा एक नेपाली तीर्थयात्रीको मृत्यु भएको छ। कपिलवस्तुका ८५ वर्षीय चित्रबहादुर मल्लको मुस्ताङस्थित कागबेनीमा लेक लागेर ज्यान गएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि जोमसोम अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

पछिल्लो समय मुस्ताङ क्षेत्रमा लेक लाग्ने घटनामा वृद्धि देखिएको छ। वैशाख महिनामा मात्रै यसअघि दुई जनाको ज्यान गइसकेको थियो भने मल्लको मृत्युसँगै संख्या तीन पुगेको छ। तीमध्ये अधिकांश मुक्तिनाथ दर्शनका लागि गएका तीर्थयात्री रहेका छन्।

स्वास्थ्यकर्मीहरूले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन, पर्याप्त आराम गर्न र आवश्यक स्वास्थ्य परीक्षणपछि मात्रै यात्रा गर्न सुझाव दिएका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like