Thursday, January 15, 2026

सुनको भाउ तोलामा ४ हजार ६ सयले उकालो, प्रतितोला २ लाख ६५ हजार कायम


२१ पुस, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द रहने भए पनि पछिल्ला घटनाक्रमका कारण सोमबार सुनको मूल्य उच्च दरले उकालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

यसैगरी, चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ६८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like