- by समाचार कक्ष
- Mar 06, 2025
२१ पुस, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पोखरेललाई क्षेत्रको प्रतिनिधित्व गर्न सक्षम र उपयुक्त उम्मेदवार ठहर गरेको जनाएको छ ।
काठमाडौं–५ पोखरेलको गृह निर्वाचन क्षेत्र हो । उनले यसअघि पनि सोही क्षेत्रबाट नियमित रूपमा निर्वाचन लड्दै आएका छन् ।