Thursday, April 16, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, राहदानी नियन्त्रणमा


काठमाडौं - व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान थालेपछि उक्त कदम चालिएको हो।

स्रोतका अनुसार, भट्टको राहदानी कालोसूचीमा राख्न अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्राचार गरेको थियो। सोही आधारमा अध्यागमनले उनको यात्रा सम्बन्धी गतिविधिमा निगरानी कडाइ गरेको जनाएको छ।

भट्टमाथि ठूला सार्वजनिक ठेक्का तथा खरिद प्रक्रियामा अनियमितता र चलखेल गरेको आरोप लाग्दै आएको छ। साथै, राजनीतिक पहुँचको प्रयोग गर्दै विभिन्न सरकारी निकायमा नियुक्ति तथा ठेक्का व्यवस्थापनमा प्रभाव पार्ने गरेको आरोप समेत उनीमाथि रहेको छ।

यद्यपि, यी आरोपहरूबारे आधिकारिक पुष्टि हुन बाँकी रहेकाले अनुसन्धान प्रक्रिया जारी रहेको बताइएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like