Monday, April 20, 2026

समानुपातिकमा नपरे पनि ज्ञानेन्द्र मल्लको देशप्रेम अटल: ‘व्यक्तिगत हारभन्दा देशको जित ठूलो’


काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीमा नाम परे पनि नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सांसदको सिफारिसमा पर्न सकेनन्। रास्वपाले पुरुषतर्फ समानुपातिक सांसद बनाउन सक्ने संख्या ९ मात्र सीमित राखेको कारण उनी सूचीमा नपरेका हुन्।

मल्ललाई आदिवासी-जनजाति क्लस्टरमा पाँचौं नम्बरमा राखिएको थियो, जहाँबाट तीन जना सांसद निर्वाचित भएका छन्। उनी सिफारिसबाट बाहिर भए पनि यसमा कुनै असन्तुष्टि नभएको बताएका छन्।

सामाजिक सञ्जालमा मल्लले लेखेका छन्, “क्रिकेटमा जस्तै, म खेल मैदानमा रहे वा नरो, देशले हार्नु हुँदैन। व्यक्तिगत कीर्तिमानका लागि होइन, टोलीको सफलता र देशको हितका लागि खेलिन्छ।” उनले आगामी कार्यकालमा देशको हित, सुशासन, भ्रष्टाचार अन्त्य र समृद्धिका लागि सबैजनाले मिलेर काम गर्न सफलताको शुभकामना व्यक्त गरेका छन्।

मल्लले मतदाताहरू, रास्वपा परिवार, कुमार दाइ (कुमार बेन) र बालेनप्रति आभार प्रकट गर्दै भने, “म सदनमा रहूँ वा सडकमा, सधैं देशको सेवाका लागि कुनै पनि भूमिकामा अघि बढ्नेछु। अन्ततः, व्यक्तिगत हार–जितभन्दा देशको जीत नै सबैभन्दा ठूलो कुरा हो।”

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like