- by समाचार कक्ष
- Mar 06, 2025
नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका छन्। बुधबार बसेको एमाले संसदीय दलको बैठकले निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे रहेका छन्।
उनीहरू मन्त्रिपरिषद् पुनर्गठनका क्रममा गत वैशाख २ गते गण्डकी सरकारमा सहभागी भएका थिए। मंगलबार बसेको एमाले संसदीय बोर्डको बैठकले सरकारबाट बाहिरिने र मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो।
सत्ता समीकरणमा परिवर्तन आएपछि एमालेका मन्त्रीहरू कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिएका हुन्। गण्डकी प्रदेशमा अहिले एमाले–नेकपा समीकरण बनेको छ।
एमालेका चार मन्त्रीको राजीनामासँगै गण्डकी प्रदेश सरकारको राजनीतिक समीकरण र आगामी मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढेको छ।