Saturday, April 18, 2026

समानुपातिक मतगणनामा रास्वपाको दबदबा, ४० लाख मत कटाउँदै पहिलो स्थानमा


काठमाडौँ - प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्य अग्रता कायम गरेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ८२ लाख ९९ हजार ६५० मत गणना भइसकेको छ।

पछिल्लो विवरणअनुसार रास्वपाले ४० लाख ६ हजार ६९४ मत प्राप्त गर्दै पहिलो स्थानमा छ। यो कुल सदर मतको करिब ४८.२८ प्रतिशत हो।

नेपाली कांग्रेस १३ लाख ४८ हजार ७९९ मतसहित दोस्रो स्थानमा रहेको छ, जसले १६.२५ प्रतिशत मत हासिल गरेको छ।

त्यस्तै नेकपा एमालेले ११ लाख ४२ हजार ३८१ मत पाउँदै तेस्रो स्थानमा छ। यो कुल मतको १३.७६ प्रतिशत हो।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ८७ हजार २३० मत प्राप्त गरेको छ, जुन कुल मतको ७.०८ प्रतिशत हो।

यसैबीच श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ९६१ मतसहित ३.४९ प्रतिशत मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने २ लाख ७४ हजार ९९१ मत पाउँदै ३.३१ प्रतिशत मत हासिल गरेको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अझै जारी छ र अन्तिम परिणाम सार्वजनिक भएपछि दलहरूले पाउने सिट संख्या निर्धारण गरिनेछ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like